३ बैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा माओवादीले गल्ती गरे पनि सच्चिएर अगाडि बढ्न जनताको बीचमा आएको बताएका छन् ।
‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ अन्तर्गत आज पश्चिम नवलपरासीको प्रतापपुरमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले एक पटक मौका मागेका हुन् ।
‘माओवादी जनताको पार्टी हो । गल्ती गरे पनि आफ्नै छोराछोरी सम्झेर एक पटक फेरि मौका दिनुहोला,’ उनले भने, ‘गल्ती सच्याउँदै अगाडि बढ्ने हो । जिल्लाका साथीले पनि आत्मालोचना गर्दै जनताको पक्षमा काम गर्नु होला ।’