|  

आज यी स्थानमा वर्षाको सम्भावना

४ बैशाख, काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।

साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक / दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक / दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।