|  

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, १६ जना घाइते 

४ बैशाख, काठमाडौं ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका- ६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना  घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस चालक बाराको कोल्बी नगरपालिका– ११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।