|  

सत्ता गठबन्धनमा कुनै समस्या छैनः गृहमन्त्री लेखक

३ बैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै लेखकले गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका हुन् ।

‘सरकार राम्रैसँग अगाडि बढिरहेको छ । हाम्रा बीचमा कुनै समस्या छैन । दुई दलका बीचका कुनै समस्या भयो कि भन्ने कुरा बाहिर आएका छन् । तर, हामीबीच केही भएको छ’, उनले भने ।