३ बैशाख, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ ।
बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका हुन् ।
पटक-पटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक चक्काजाम गर्नुका साथै सडकमा केरासमेत रोपेका थिए ।