४ बैशाख, काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ ।
बुधबार राति उनकै सहकर्मीले काँडाघारीमा उनलाई रेन्चु प्रहार गरेकी हुन् । राम मन्दिर नजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएकी छन् ।
वाइवाकी सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई रेन्चुले प्रहार गरेकी हुन्।वाइबा हाल बौद्ध स्थित स्तुपा अस्पतालमा चिकित्सकहरूको अव्जरभेसनमा छिन् । लेनदेनको विषयमा विवाद हुँदा रेन्चुले प्रहार गरेर श्रेष्ठ फरार भएकी थिइन् ।