मंगलवार १ जेष्ठ, २०८२  | Tuesday 13 May, 2025 

भुल बस एल साल्भाडोर पुगेका गार्सिया फिर्ता नहुने अमेरिकी अधिकारीको ठहर

४ बैशाख, काठमाडौं ।  अमेरिकी अधिकारीले भुल बस एल साल्भाडोर लगिएका मेरिल्यान्डका बासिन्दा अब फिर्ता नहुने बताएका छन् ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले एल साल्भाडोरका किलमार अलम्रेगो गार्सिया एम एस–१३ ग्याङको सदस्य समेत रहेको आरोप लगाएकी छिन् । २९ वर्षीय उनीमाथि घरेलु हिंसाको आरोप लाग्नुका साथै श्रीमतीलाई चक्कु देखाएको कारण मुद्दा दायरसमेत भएको जनाइएको छ ।

मेरिल्यान्डका न्यायाधीशले गार्सियालाई अमेरिका फिर्ता बोलाउने आदेश दिए पनि ह्वाइट हाउस भ्रमणमै रहेका एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले उनलाई फिर्ता गर्ने अधिकार आफूलाई नभएको बताएका थिए।