शुक्रवार २७ बैशाख, २०८२  | Friday 9 May, 2025 

गुडिरहेको गाडीमा अचानक लाग्यो आगो

४ बैशाख, काठमाडौं । मकवानपुरमा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ।

बुधबार बेलुका ७ः५० बजे मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटास्थित कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौडा जाँदै गरेको गाडीमा अकास्मात आगो लागेको हो।

आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय गाडी हो । आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ।