|  

गठबन्धन फेर्ने कुरा छैन, सरकारको पक्षमा बोल्नुस्ः देउवा

४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी वर्तमान गठबन्धनकै पक्षमा रहेकोले सरकारको पक्षमा बोल्न नेताहरूलाई निर्देशन दिएका छन् ।

असन्तुष्टि भए पार्टीमा राख्न र बाहिर बोल्दै नहिँड्न उनले नेताहरूलाई सचेत गराए । आफ्नै निवास बूढानीलकण्ठमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा देउवाले सरकारको विपक्षमा नबोल्न नेताहरूलाई निर्देशन दिएका हुन्।

‘अहिले दायाँबायाँ केही पनि छैन, सरकारको पक्षमा बोलौं, असन्तुष्टि भए पार्टीभित्र राखौं’ उनले भने । सरकारका कामकारबाहीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी चलिरहेको र सल्लाह भइरहेको देउवाले बताए । ‘७ बुँदे सहमतिप्रति हामी प्रतिबद्ध छौं, यही कोलिसन ०८४ सम्म जान्छ’, देउवाले भने ।