४ बैशाख, काठमाडौं । पूर्वमिस नेपाल तथा मोडल अस्मी श्रेष्ठले आउँदो सोमबार विवाह गर्ने भएकी छन् ।
इन्स्टाग्रामबाट यसबारे जानकारी दिँदै उनले बैशाख ८ गते विवाह गर्न लागेको जनाएकी छन् । अस्मी र उनका प्रेमी सशांकलाल श्रेष्ठबीच २०८० साल पुस २० गते अमेरिकाको न्यूयोर्कमा इन्गेजमेन्ट भएको थियो ।
इन्स्टामा दुईजनाको रोमान्टिक फोटो सेयर गर्दै अस्मी लेख्छिन्, ‘ हाम्रो परिवारको आशीर्वाद र मायाले भरिएको हृदयले, हामी विवाह बन्धनमा बाँधिँदैछौं ।’