|  

काठमाडौं महानगरले चलायो बालकुमारीकाे कवाड संकलन केन्द्रमा डोजर

०४ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालकुमारी पुल क्षेत्रमा रहेका कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो । त्यसका विरुद्ध कवाड व्यवसायीहरुले सडक आन्दोलन समेत गर्दै आइरहेका छन ।