०४ बैशाख, काठमाडौं । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्बभन्दा बढी भएको भ्रष्टाचारले नेपालको विकास र जनताको भविष्यमाथि गम्भीर आघात पुर्याएको जनाएको छ ।
विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष सार्वजनिक भएपछि राष्ट्रिय एकता अभियानले यस कदमको सराहना गरेको हो । अभियानका अध्यक्ष विनय यादवले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो भ्रष्टाचारले नेपालको विकास र जनताको भविष्यमाथि गम्भीर आघात पुर्याएको छ ।’ उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग दोषी अधिकारी, ठेकेदार तथा संलग्न सबैलाई कडा कारबाही गर्न र पारदर्शी छानबिन सुनिश्चित गर्न जोडदार माग समेत गरेका छन् ।
राष्ट्रिय एकता अभियानले इमानदार शासन, जवाफदेही प्रशासन र राष्ट्रहितमा आधारित विकास प्रणालीको पक्षमा जनताको आवाज बुलन्द बनाउँदै आएको छ ।