|  

जिल्ला अदालतको आदेश उच्चबाट उल्टिएपछि कारगारमुक्त भएका रामबहादुर बम्जन ‘बेपत्ता’

०४ बैशाख, काठमाडौं । लिटिल बुद्धका नामले चर्चित रामबहादुर बम्जन उच्च अदालत जनकपुरको आदेशबाट थुनामुक्त भएका छन् ।

आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न जिल्लामा यौन दुराचार आरोपमा र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको थियो । जिल्ला अदालत  सर्लाहीले २०८१ असारमा बम्जनलाई यौन दुराचार आरोपमा दोषी ठहर गरी १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । उनी २०८० पुस २४ मा काठमाडौंबाट पक्राउ परेका थिए । सिन्धुपाल्चोक कारागारमा थिए ।

जिल्ला अदालतले दोषी ठहर गरेपछि उनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालत जनकपुरले उनलाई गत ६ चैतमा निर्दोष ठहरी गरी जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याएको हो । जिल्लाको फैसला उच्चले उल्ट्याएपछि उनी ७ चैतमा सिन्धुपाल्चोक कारागारबाट छुटेका थिए । कारागार प्रशासनले उनलाई उनकी श्रीमती दीपशिखाको जिम्मा लगाएको थियो । बम्जनविरुद्ध जिल्ला अदालत नुवाकोट, मकवानपुर र जिल्ला अदालत सर्लाहीमा पनि मुद्दा विचारधीन छन् । कारागारबाट मुक्त भएका बम्जन अहिले कहाँ छन् भन्ने विषयमा भने प्रहरी बेखर छ ।