|  

माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

०४ बैशाख, काठमाडाैं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

यस मुद्दामा बिहीबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पान्डेको पूर्ण इजलासमा बहस चलेको थियो । रिट निवेदन रहेका बालकृष्ण नेउपानेले बहस गर्दैगर्दा समय सकिएपछि इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने निर्णय राखिएको हो ।