०४ बैशाख, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोज कुमार केसीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।