|  

तीन वटा समितिको बैठक बस्दै

५ बैशाख, काठमाडौं ।  संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दै छ ।

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–८२  माथि छलफल हुनेछ ।

यता बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ःबजे बस्नेछ । बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।