५ बैशाख, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको भाषा बोलेको आरोप लगाएका छन्।
रुस र युक्रेनको युद्ध विराम भइरहेको समयमा रुसले नियन्त्रणमा राखेको पाँच राज्यको सवालमा विटकोफको धारणा आएपछि जेलेन्स्कीले सो आरोप लगाएका हुन् ।
पुटिनसँग ५ घण्टा लामो वार्ता सकिएपछि फक्स न्युजमा अन्तरवार्ता दिँदै विटकोफले युद्ध अन्त्यका लागि पाँच क्षेत्रका बारे छलफल हुने बताएका हुन्।
बिहीबार नै राजधानी किभमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेलेन्स्कीले विटकोफले रुसको पक्षबाट कुरा राखेको आरोप लगाए।
थाहा पाएर या नपाएरै उनी रुसको पक्षमा वकालत गर्न सुरु गरेकाले यो साँच्चै डर लाग्दो अवस्था भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।