५ बैशाख, काठमाडौं । मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्ती लोकपथमा काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१–००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका–५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका–७ कि १३ वर्षीया मानुसी मगर छिन् । मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो ।दुर्घटनामा ११ जना मध्यम र २ जना घाइते भएका छन् ।
घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १६ जना सवार थिए।