|  

गाउँपालिका अध्यक्षलाई  लक्षित गरी गोली प्रहार

५ बैशाख, काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार प्रयास भएको छ ।

बिहीबार राति अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 
शौचालय गएर फर्किने क्रममा सानो हतियारबाट गोली प्रहार भएको हो ।

यद्यपि अध्यक्ष चौधरीलाई गोली लागेकाको छैन । अध्यक्ष चौधरीले घरको पर्खाल बाहिरबाट आफूमाथि गोली प्रहार भएको प्रहरीलाई बताएका छन् ।

उनले घटनाबारे तत्काल प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रहरी युनिटबाट केही बेरमै प्रहरी त्यहाँ पुगेको थियो