|  

फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको निर्णय

५ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।

कार्यवाहक प्रवक्ता मनिष झाले महाधिवेशनअघि वडादेखि प्रदेशसम्मको अधिवेशन गर्न पनि निर्देशन दिइएको बताए ।

उनका अनुसार आगामी असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मंसिरसम्म जिल्ला अधिवेशन र माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ।