|  

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

५ बैशाख, काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ८०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।