५ बैशाख, काठमाडौं । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ।
बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको उसको भनाइ छ । हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भिडियोमार्फत आफ्नो बयान जारी गरेका हुन् ।
आफूहरूले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने यसमा हाय्याले भनेका छन् । इजरायलको नयाँ सम्झौतामा दश बन्धकहरूको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको आह्वान गरिएको थियो ।