|  

काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते

५ बैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् ।

बिहीबार दिउँसो लागेको आगलागी परेर रेग्मीकी ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् ।बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा घरमा आगलागी भएको थियो ।घाइतेहरुको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रण लिएर घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको हो ।