|  

व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य  हुँदैनः लेखक

५ बैशाख, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् ।

शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ ।

पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधानमा, व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य नहुने उनले बताए ।