|  

सम्पदा संरक्षणमा हामी कमजोर भएकाे राज्यमन्त्री चौधरीकाे स्वीकाराेक्ति

०५ बैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पछिल्लो समय जुन हिसाबले सम्पदालाई जोगाउनुपर्ने हो त्यो नभएको बताएका छन् ।

आज विश्व सम्पदा संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रालयको मातहतमा रहेर पुरातत्व विभागले गरिरहेको काम पर्याप्त नरहेको बताएका हुन । उनले भने, ‘७२ सालभन्दापछि जुन स्थितिले जुन हिसाबले हामीले देखेका छौं । र जुन हिसाबले हामीले यो सम्पदालाई जोगाउनुपर्ने थियो । हाम्रो मन्त्रालयको मातहतमा रहेर पुरातत्व विभागले गरिरहेको काम पक्कै पनि पर्याप्त चाँही छैन । सायद बजेटको समस्याले हुन पनि सक्छ ।’

उनले पुरातत्व विभाग र मन्त्रालयबीचमा एक किसिमको द्वन्द्वको अवस्था रहेको बताए ।