०५ बैशाख, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफलाई रुसी कथा फैलाएको आरोप लगाएका छन् ।
स्टिभ विटकफले हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब पाँच घण्टा चलेको बैठकपछि यो कुरा बताएका हुन । जेलेन्स्कीले भने,‘मलाई लाग्छ भिटकोफले रुसी पक्ष लिने रणनीति अपनाएका छन । यो साँच्चै खतरनाक छ किनकि जानाजानी वा अनजानमा उसले रुसी कथा फैलाइरहेको छ ।’
भिट्कोफले पूर्वी युक्रेनको जापोरिजिया, डोनेट्स्क, खेरसन र लुहान्स्कलाई जनाउँदै छन्। यी क्षेत्रहरूको अधिकांश भाग रुसले ओगटेको छ । पाँचौं क्षेत्र क्रिमिया हो, जुन २०१४ मा रूसले कब्जा गरेको थियो ।