५ बैशाख, काठमाडौं । नायिका नीति शाहले विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर शाहले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।
नीति र यचित प्रेम सम्बन्धमा रहेको चर्चा केही समयदेखि चल्दै आएको थियो ।‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीतिले चलचित्र खजुरे ब्रोबाट कलिउडमा प्रवेश गरेकी थिइन् ।
यो फिल्मले व्यावसायिक रूपमा सफलता प्राप्त नगरेपनि उनको भने चर्चा भएको थियो । सैन्य परिवारमा हुर्किएकी नीति मोडलिङ क्षेत्रबाट फिल्ममा प्रवेश गरेकी हुन् ।