|  

रास्वपा कोशी प्रदेशका इन्चार्ज  भण्डारीले दिए संगठन विभागबाट राजीनामा 

५ बैशाख, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभाग सदस्य ओमनाथ भण्डारीले राजीनामा दिएका छन् ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफूलाई सोध्दै नसोधी कोसी प्रदेश इन्चार्जबाट हटाएको भन्दै उनले केन्द्रीय संगठन विभागबाट राजीनामा दिएका हुन् ।

आफूसँग परामर्श गरेको भए पार्टी निर्णय स्वीकार गर्ने भन्दै उनले सोध्दै नसोधी गरेको निर्णयमा असहमतिसहित साधारण सदस्यमात्र रहने गरी राजीनामा गरेका हुन् ।