०५ बैशाख, काठमाडौं । विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित मागहरूलाई लिएर आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन ।
भेटवार्ताका लागि प्रधानमन्त्रीले आज साँझ ७ बजेका लागि समय दिएका छन । भेटमा शिक्षकहरूले आफ्ना प्रमुख मागहरूबारे जानकारी गराउने तयारी गरेका छन् । महासंघले आन्दोलनका चरणहरूबारे पुनर्विचार गर्न सक्ने संकेत देखिएको छ ।
त्यस्तै, प्रधानमन्त्रीसँग हुने वार्तालाई निर्णायकरूपमा हेरिएको छ । प्रधानमन्त्रीसँगको भेटअघि महासंघको टोली अन्तिम तयारी र रणनीतिक छलफलमा जुटेको छ । पछिल्लो १७ दिनयता काठमाडौंमा शिक्षक महासंघको नेतृत्वमा आन्दोलन अझै जारी छ । शिक्षा मन्त्रालय र महासंघबीच केही चरणका संवाद भए पनि हालसम्म ठोस सहमति हुन सकेको छैन ।
यसैबीच, सरकारले शिक्षकहरूको मागलाई सम्बोधन गर्ने उद्देश्यले विद्यालय शिक्षा विधेयकलाई मुख्य एजेन्डा बनाएर १२ वैशाखमा संसद आह्वान गरेको छ । तर महासंघका नेताहरू अझै आश्वस्त भएका छैनन ।