|  

धवलशम्शेरलाई उपचारका लागि छोड्ने तयारी

०५ बैशाख, काठमाडौं । तिनकुने घटनामा हाल हिरासतमा रहेका राप्रपा महामन्त्री डा.धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी गरिएको छ ।

क्यान्सर रोगबाट पिडित रहेका महामन्त्री राणाले भारतको मुम्बईमा उपचार गराइरहेका छन । उनी गत पुसमा मात्र भारतमा उपचार गरेर फर्किएका थिए । राणालाई उपचारको फलोअपका लागि जान दिने र फर्केपछि कानुनी कारवाही गर्ने गरि छोड्ने तयारी गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ राणासहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीको पक्राउ गरेको थियो ।

यता राजसंस्था पुनस्र्थापनाका लागि गठन गरिएको जनान्दोलन परिचालन समितिले पनि एक विज्ञप्ति जारी गर्दै सरकारले राणालाई उपचारका लागि जान रोकेको र राणालाई पूर्ववत चिकित्सक र अस्पतालमै उपचार गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार समुदायसँग आवाज उठाइदिन पनि आग्रह गरेको छ ।