०५ बैशाख, काठमाडौं । बारामा आज दिउँसो कार र टिपर ठोक्किँदा २ जनाको ज्यान गएको छ ।
निजगढ-कलैया सडक खण्डमा कार र टिपर एकापसमा ठोक्किएर दुई जनाको मृत्यु भएको हो । बाराको १३ किलो भन्ने ठाउँमा भएको दुर्घटनामा सर्लाही बरहथवा बस्ने हरिनारायण शर्मा मृत्यु र कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार चालकको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन ।
पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेशको ०१-०२५-ख ५०७८ं६ र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २-०३-००१-ख ०६०७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा विस्तृत अध्ययन सुरु गरिएको बारा प्रहरीले बताएको छ ।