|  

निजामती कर्मचारीको अवकाश ६० वर्ष पुर्‍याउनुपर्नेमा अर्थसचिव उपाध्यायकाे जाेड

०५ बैशाख, काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामतीलगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याउनुपर्ने बताएका छन् ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याए वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुने बताएका हुन् । उनले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै थप अतिरिक्त पद सिर्जना गर्न नहुने बताए । उनले ३० जना अतिरिक्त सचिव थप्दा वार्षिक ७ करोड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे । 

उनले सहसचिवको बढुवालाई समयबद्ध बनाउन सचिव र अतिरिक्त सचिवको समयावधि घटाउनु उपयुक्त हुने बताए । उनले कर्मचारीको क्षेत्रमा अतिरिक्त पद सिर्जना गर्दा निर्णयको तह र खर्च बढ्ने भन्दै त्यस्तो नगर्न सुझाव दिए ।