|  

आरजु राणा पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छः मोहनबहादुर बस्नेत

०५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नसक्ने आँकलन गरेका छन् ।

सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  सो कार्यक्रममा राणा प्रमुख अतिथी बनेर पुगेकी थिइन्। । परराष्ट्रमन्त्री राणाको प्रशंसा गर्दै उनले महिलाहरुको भूमिका राज्य सञ्चालनमा अत्यत्तै महत्वपूर्ण हुँदै आएको बताए । उनले महिलाहरु प्रधानन्यायधीश, प्रतिनिधि सभाको सभामुख लगायत महत्वपूर्ण पद ग्रहण गरिसकेको स्मरण गरे ।

उनले भने, ‘त्यो योग्यता र क्षमता महिलाहरुले प्रदर्शन गर्नुभएको छ । उहाँ कांग्रेसको प्रभावशाली केन्द्रीय सदस्य, मन्त्रिपरिषद्मा पनि परराष्ट्रमन्त्रीको हैसियतले, कूटनीतिक हिसाबले नेपालको स्वार्थअनुकूल अभिव्यक्तिले पनि प्रभाव राख्न सक्ने हैसियत राख्ने मान्छे। आगामी दिनको पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छ। त्यो विषयमा पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौं मात्र होइन, हामी तपाईँका प्रत्येक कदममा साथ दिन पनि चाहन्छौं ।’