०५ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको प्रक्रियामा छ ।
कार्यकारी निर्देशक भट्टले शुक्रबार बिहान कायममुकायम गभर्नर डा.नीलम ढुंगाना तिमिल्सिनालाई राजीनामा बुझाएका हुन । राष्ट्र बैंकका प्रवत्ता रामु पौडेलले राजीनामा आएपछि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आज स्वीकृति नभएको बताएका छन् । डा.भट्टले राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने निश्चित भएपछि आज कार्यकारी निर्देशकबाट राजीनामा गरेका हुन् ।
गत चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले कार्यवाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर तिमिल्सिनालाई दिएको थियो । उनी पनि गभर्नर बन्ने दौडमा छिन । गभर्नर छनोट समितिले दुई डेपुटी गभर्नरमध्ये एक र अन्य दुईजना गरी तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।