|  

अफगानिस्तानसँग भिडदै नेपाल, विश्वकपमा छनोट हुन जित्नैपर्ने दबाब

६ बैशाख, काठमाडौं ।  आइसिसी यू–१९ विश्वकप एसिया छनोटको निर्णायक खेल आज हुँदैछ ।

मुलपानी मैदानमा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युएईबीच भएको छनोट प्रतियोगिताको अन्तिम खेल आज हुँदैछ । प्रतियोगितामा नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि सुरू हुनेछ ।

शनिबार हुने खेल जितेको अवस्थामा नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू–१९ विश्ककपमा छनोट हुनेछ। एसिया छनोटको प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले सुरूवाती तीन तीन खेल जितेका छन् भने छ-छ अंक जोडेका छन्।  रनरेटमा नेपालभन्दा अफगानिस्तान अघि छ ।

त्यसैले खेलमा वर्षाले अवरूद्ध भएमा नेपाल विश्वकप होडबाट बाहिरिन सक्छ। नेपालका लागि खेलमा जितबाहेक अर्को विकल्प छैन।