६ बैशाख, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा विवाह बन्धनमा बाँधिएका छन् ।
उनले प्रतिज्ञा खनालसँग लगन गाँठो कसेका हुन् । दुवैले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए ।
२७ वर्षीय बोहराले नेपालका लागि २ एक दिवसीय र ६२ टी –२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन् । उनले हालसम्म टी२० मा ७५ विकेट लिइसकेका छन् ।