६ बैशाख, काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक व्यक्ति पक्राउ परेका छन् ।
सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको हो । ३४ वर्षीय सिलवाललाई राति नै जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ ।
तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा उनी पनि सहभागी भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार निषेधित क्षेत्र तोड्न तम्सिनेमा उनी पनि एक थिए ।
तोडफोड र आगजनीमा संलग्नहरुलाई खोज्ने क्रममा प्रहरीले सन्तोष सिलवाललाई पनि निगरानीमा राखेको थियो ।