०६ बैशाख, काठमाडाैं । गुडिरहेको बसमा आगो लागेको छ । बाँकेको नेपालगञ्जबाट बुटवल तर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०९८३ नम्बरको बसमा शुक्रबार बेलुका आगलागी भएको हो ।
नेपालगञ्ज–अगैया हुलाकी सडक खण्ड अन्तर्गत राप्तीसोनारी गाउँपालिका – ६ राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा गुडिरहेको बसमा अचानक आगलागी भएको थियो ।
बसमा वाइरिङका तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी बाट बस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दैलेखका चामुण्डाबिन्द्रासैनी नगरपालिका – ८ का ३५ वर्षीय हिमबहादुर शाहीले बस चलाएर नेपालगञ्जबाट बुटवलतर्फ लैजाँदै थिए ।