|  

स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने

६ बैशाख , काठमाडाैं । बजारमा अब स्मार्ट ट्वाइलेट पनि आउने भएको छ । कोहलर नामक एक अमेरिकी कम्पनीले स्मार्ट कमोड लन्च गरेको हो ।

अमेरिकामा यसको विक्री पनि हुन थालेको छ । यसको मूल्य नेपाली रूपैयाँ १ लाख ७० हजार रुपैयाँ पर्छ । यो सेतो रंगमा मात्र उपलब्ध छ । कम्पनीका अनुसार यो कमोडमा हातको प्रयोग गर्नु पर्दैन । यसले स्वचालित रुपमा सबै काम गर्न सक्छ । यसमा जेट स्प्रे भ्वाइस कमान्डका रुपमा उपलब्ध छ ।

यसलाई प्रयोग गर्न भने एलेक्सा या गुगल होमको सहायताबाट मात्र गर्न सकिन्छ । यो कमोडलाई एपबाटै नियन्त्रण गर्न सकिन्छ । साथै यसलाई रिमोटको सहायताबाट पनि प्रयोग गर्न सकिन्छ ।