|  

बुटवलमा एक युवतीमाथि गोली प्रहार

०६ बैशाख, काठमाडाैं ।  बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

उनको कम्मर माथि गोली लागेको छ।पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् ।

९ः३० बजेतिर मोटरसाइकलमा आएका युवाले २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।