६ बैशाख, काठमाडौं । लमजुङमा बाटो खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ ।
लमजुङको बेशीसहर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक जेसिबीले बाटो खन्ने क्रममा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको हो ।
शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरेको थियो।