आइतवार २२ बैशाख, २०८२  | Sunday 4 May, 2025 

सरकार बदलिन्छ भन्ने हल्लामा सत्यता छैनः गृहमन्त्री लेखक

०६ बैशाख, काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको बताएका छन् ।

शनिबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमालेकाबीचमा कुनै समस्या नभएको समेत बताए ।

लेखकले भने, ‘काम गर्दै जाँदा केही विषय आए छलफल गर्छौं र निराकरण गरिएको छ । सरकार बदलिन्छ भन्ने हल्लामा सत्यता छैन । हामी छलफलबाटै सम्बोधन गरेर सहमतिमै अघि बढ्छौँ ।’

लेखकले गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो नपर्ने बताए । पछिल्लो समय संविधान विरोधी गतिविधि देखापरेको बताउँदै पूर्व राजावादीहरू लोकतन्त्र र गणतन्त्र समाप्त गरेर पश्चगामी अभियानमा रहेको समेत उनले बताए ।