|  

रविले चितवनमा अहिलेसम्म एक रुपैयाँ पनि बजेट लैजान सकेका छैनन्ः सांसद पोखरेल

०६ बैशाख, काठमाडौं । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले रवि लामिछानेले चितवनको आफ्नो क्षेत्रमा अहिलेसम्म एक रुपैयाँ पनि बजेट लैजान नसकेको आरोप लगाएका छन ।

एक अन्र्तवार्तामा उनले भनेका छन्, ‘रविजी संसद्मा गएको २ वर्ष त भयो नि, ल ठीक छ एकाध महिना उहाँको पद भएको छ, तर उहाँले यो क्षेत्रमा कुनै वडामा यो बाटो, यो विकासको सवालमा एक रुपैयाँ पनि उहाँको कारण आयो भनेर कसैले भन्छ ?’

उनले चितवनको विकासमा आफूहरुले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई पनि पूरा साथ दिएको बताए । उनले आफूहरु भरतपुरको विकासमा मेयर रेनुसँग मिलेर काम गर्न तयार रहेको बताए ।