६ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तापछि नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ।
महासंघका अध्यक्ष आज दिउँसो सवा ३ बजे रत्नराज्य मावि बानेश्वरमा बैठक बोलाएको लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । जारी आन्दोलनमा चासो देखाउँदै प्रधानमन्त्री ओली र सभामुख देवाराज घिमिरेले शुक्रबार महासंघका प्रतिनिधिहरूलाई वार्ताका लागि बालुवाटार बोलाएर छलफल गरेका थिए ।
छलफलमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए । आजको बैठकमा समसामयिक विषयमा महासंघको छलफल हुने उनको भनाई छ।
बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरू उपस्थित हुनेछन्।विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने मागसहित महासंघको आह्वानमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ।