६ बैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले पार्टीकी नेतृत्व रामकुमारी झाँक्रीलाई लक्षित गर्दै टिप्पणी गरेका छन्।
नेतृ झाँक्रीले शिक्षकहरुले सरकारको कुरा नसुनेर काठमाडौंमा सडकमा रमिता देखाएको आरोप लगाएकी थिइन्।
झाँक्रीले फेसबुकमा लेखेको यो टिप्पणीको चर्को आलोचना भइरहेको छ।
झाँक्रीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै पराजुलीले फेसबुकमा लेखेका छन्, ‘आफ्नै गुरुहरूको रचनात्मक र सृजनशील आन्दोलनलाई रमिता देख्ने हामी कस्ता शिष्य हौं, गुरुहरूको आन्दोलनलाई सलाम छ ।’