|  

घरकाे कामका लागि राखेकी बालिकामाथि घरबेटीले गरे मिसबिहेब !

०६ बैशाख, काठमाडौं । सुनसरीको बराहक्षेत्र-७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा घरबेटी पक्राउ परेका छन ।

रातको समयमा मादक पदार्थ सेवन गरी बालिकाको कोठा खोल्न लगाई जबरजस्तीको प्रयास गरेको उनीमाथि आरोप लागेको छ । आरोपित घरबेटीलाई पीडित बालिकाको परिवारको जाहेरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । स्थानीय विद्यालयमा कक्षा-५ पास गरी कक्षा-६ मा प्रवेश गरेकी बालिकालाई आरोपितले घरेलु कामदारका रुपमा काम गराउँदै आएको स्थानीयले बताएका छन् ।
बलात्कार भएको पुष्टि भने नभएको प्रहरीले जनाएको छ । अनुसन्धान गरी पीडकलाई कानूनअनुसार कारबाही हुने प्रहरीको भनाई छ ।