०६ बैशाख, काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रम सकेर फर्कने क्रममा केही व्यक्तिहरूले आफूविरुद्ध नारा लगाएको बताएका छन ।
सांसद भट्टराईले गृहजिल्ला ताप्लेजुङमा भएको घटना सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै भनेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा २र४ जनाले मेरा विरुद्ध नारा लगाएछन । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन । मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाइएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौँ । प्रायोजकहरूको हतियार नबनौँ । सामाजिक एकता र सदभाव नबिगारौँ ।’
नेता भट्टराईले प्रदर्शनकारीहरूलाई विवेकले काम गर्न र प्रायोजकहरूको हतियार नबन्न आग्रह गरेका छन् ।