०६ बैशाख, काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँको एक विद्यालयका प्रधानाध्यापक मृत भेटिएका छन ।
स्थानीय शान्ति आधारभूत विद्यालयकी प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । हिजो बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको छ ।