७ बैशाख, काठमाडौं । निष्कासनमा परेका तीन नेपालीलाई छाड्न फेरि अमेरिकी जहाज नेपाल आएको छ ।
स्रोतका अनुसार जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाज निष्कासित नेपालीहरूलाई छाड्न नेपाल आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिअनुसार पुनः तीन जना नेपालीलाई अमेरिकी विमानमार्फत नेपाल फर्काइएको हो । निष्कासनमा पर्नेमा चापागाईं, चौधरी र बुढा थरका एक(एक जना रहेका छन् ।
गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो । यसअघि पनि अमेरिकी चार्टर्ड विमानमार्फत ११ जनालाई नेपाल फर्काइएको थियो। अवैधरूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत फागुन २१ गते चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको थियो।