७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज गर्ने प्रदर्शनबाट नडराउन सरकारलाई आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष लिङ्देनले आजको प्रदर्शन सरकारी निरङ्कुशतन्त्रको विरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण हुने स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्- ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’
वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी रहेको पनि उनको भनाइ छ । ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ’,